पोखरा भ्यू पोइन्टमा ‘भेडिखर्क फुटबल कप’ हुने
पाेखरा | भदौ १६, २०८०
पोखरा: हिन्दु नारीहरुको पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका २२ स्थित भ्यू पोइन्टमा ‘प्रथम भेडिखर्क कप सिक्स ए साइड फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।
स्थानीय क्लब भ्यू पोइन्ट कलबले ‘खेल स्वास्थ्यका लागि, स्वस्थ्य युवा देशका लागि’ भन्ने नारासहित आगामी अजोज १–३ गतेसम्म भेडिखर्क खेलमैदानमा प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष विश्वराज बास्तोलाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २० हजार हात पार्नेछ भने प्रतियोगितामा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क ४ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

